मेरो जन्म कोशी अञ्चलको भोजपुर जिल्लामा पर्ने ठुलोदुम्मा गाँउ बिकास समिती, वार्ड न १ नागे भन्ने गाँउमा भएको हो । म बान्तवा राई पाछा-वाछोप्पा वात्पाङ, बाबु बिर मान राई र आमा सम्पुर्ण राईको कोखबाट बि.स.२०३२ सालमा यो धर्तिलाई देखाउनु भएको हो ।
मेरो बाल्यकाल भनौ या मेरो बस्यक जीवन मेरो आफ्नै प्यारो दुम्माको भञ्ज्याङ अनि चौतारी र वन जङल सँगै लुकामारी खेल्दै बिते, ती बितेका दिनहरु त मेरा आयुको पो यात्रा छोटिन्दै गैरहेको थाहा पतै भएन । जीवनमा धेरै सपनाहरु थिए । तर त्यो सपना पुरा हुन सकेन र त्यो सपना पुरा हुने पनि छैन भन्ने मलाई लागेको छ । हुन सक्छ एउटा साधारण परिवारमा पैदा हुनु नै अभिसप हो। एउटा साधारण कृषकको सन्तानको रुपमा नै मेरा ती क्षणहरु बिते ।
